झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आउँदो चुनावमा प्रतिस्पर्धा गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।
बिहीबार गृह जिल्ला झापा पुुगेका उनले कचनकबलको बनियानीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको सामना गर्न एमाले तयार रहेको बताए । उनले एमाले कार्यकर्तालाई उच्च मनोबल र जितको मानसिकता बोकेर चुनावी अभियानमा लाग्न निर्देशन समेत दिए ।
ओली तीन दिन झापाका पार्टी कार्यक्रममा व्यस्त रहने बताइएको छ । संसदीय क्षेत्रका प्रतिनिधि एवम् एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार कचनकबल, बिर्तामोड, गौरादह, दमक र इलामको चुलाचुलीमा आयोजना हुने कार्यक्रममा ओलीले सम्बोधन गर्ने छन् ।