दिनेश भट्टराईको अध्यक्षतामा पूर्वाञ्चल बचत सहकारीको कार्यसमिति चयन

न्युजलय ४ पुस २०७८, आइतबार ०२:५६ मा प्रकाशित

इटहरी । दिनेश भट्टराईको अध्यक्षतामा पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्था इटहरीको कार्यसमिति चयन भएको छ ।  

 

हालै एक कार्यक्रमका बीच नवनिर्वाचित संचालक समिति सदस्य तथा लेखा समितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका सहसंयोजक राम प्रसाद चौलागाईले पदस्थापना तथा सपथ ग्रहण गराएका हुन् ।


भट्टराईको अध्यक्षतामा बनेको समितिको उपाध्यक्षमा टिकादेवि पौडेल, लेखा सुपरिवेक्षक समिति संयोजकमा राजु दंगाल, सचिवमा गणेश कुमार दुलाल, सहसचिवमा गौरीशंकर तामाङ, सदस्यहरुमा खेमु निरौला चापागाई, विष्णु उप्रेती सिटौला, देवका पौडेल, लेखा सुपरिवेक्षक समिति सदस्य, नगेन्द्र अधिकारी र दयाराम भट्टराई निर्विरोध चयन भएका छन् भने संचालक समिति सदस्यमा निर्वाचन प्रणालीबाट संयोज पराजुली, पूर्णबहादुर तामाङ, गोबिन्दप्रसाद घिमिरे, यज्ञराज दाहाल, प्रेमकुमारी रायमाझी र कमल पौडेल चयन भएका छन् ।


निर्वाचित सबै जनालाई प्रमाण पत्रद्वारा सम्मान समेत गरिएको थियो ।