बाराही हाइड्रोपावरको आइपीओ बाँडफाँट

न्युजलय ३ पुस २०७९, आइतबार ०४:३५ मा प्रकाशित

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको आइपीओ आइतबार(आज) बाँडफाँट भएको छ । यसमा ५१ हजार ५२२ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले आइपीओ हात परेका छन् । 

यो आइपीओमा रितपूर्वक आवेदन दिएका कुल ११ लाख ९१ हजार २८४ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । १५ हजार ४० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जानकारी गराएको छ ।

 कम्पनीले मंसिर २१ गतेदेखि २६ गतेसम्म कुल ५ लाख ५४ कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

यसमध्ये २७  हजार कित्ता सामूहिक लगानी कोष र ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ५ लाख १५ हजार २२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।