बलात्कार गरेको आरोपमा बेलबारीका विक पक्राउ

न्युजलय २४ चैत २०७८, बिहिबार ०६:१६ मा प्रकाशित

काठमाडौं । महिलामाथि बलात्कार गरेको आरोपमा मोरङमा एकजना पक्राउ परेका छन् ।

४८ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा बेलबारी नगरपालिका–११, लक्ष्मीमार्ग, मिलनचोक बस्ने ४५ वर्षीय कुलबहादुर विक पक्राउ परेका हुन् । 

प्रहरीचौकी डाँगीहाट भाउन्नेबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।