१४ वर्षीया छोरी बलात्कार गर्ने बाबु पक्राउ

न्युजलय २० फाल्गुण २०७८, शुक्रबार ०७:२९ मा प्रकाशित

सिरहा । सिरहामा आफ्नै १४ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

धनगढीमाई नगरपालिका–१२ कुशमाहा बस्ने ३२ वर्षीय पुरुषलाई शुक्रबार(आज) बिहान प्रहरीले पक्राउ गरेको हो ।

घरमा कोही नभएको अवस्थामा ती पुरुषले आफ्नै छोरीलाई बिहीबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।