रिगललाई पक्राउ गर्न सर्वोच्चको आदेश

न्युजलय १६ कार्तिक २०८०, बिहिबार ०९:३४ मा प्रकाशित

काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई पक्राउ गर्न आदेश दिएको छ । ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो । 


नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका थिए । आममाफीविरुद्ध रिगल पत्नी भारती शेर्पा सर्वोच्च गएकी थिइन् भने अनसनसमेत थालेकी थिइन् ।


न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै उनलाई निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको छ ।