इटहरीमा मुख्यमन्त्री राईलाई देखाइयो कालो झन्डा

न्युजलय २१ माघ २०७८, शुक्रबार ०६:२१ मा प्रकाशित

 इटहरी । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईलाई इटहरीमा कालो झन्डा देखाइएको छ । अनेरास्ववियु र युवासंघका कार्यकर्ताले इटहरीमा मुख्यमन्त्री राईलाई कालो झन्डा देखाएका हुन् ।

नालायक सरकार मुर्दावाद, भ्रष्ट सरकार मुर्दावाद र मन्त्रालय फुटाउन पाइँदैन लगायतका नारा लगाउँदै कार्यकर्ताले मुख्यमन्त्रीको बाटो छेक्ने प्रयास गरेका थिए ।

प्रदेश मन्त्रिपरिषदको आईतबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन सहित पारित गर्दै मन्त्रालय विस्तार गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको सोही निर्णय बमोजिम प्रदेश १ मा तत्काल कायम रहेका ७ मन्त्रालयलाई हाल १२ वटा मन्त्रालयमा विभाजन गरिएको छ ।