कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

न्युजलय १७ भदौ २०७९, शुक्रबार ०९:५२ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार (आज) कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ । 

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले केहीबेरमा बोर्डको बैठक बस्ने र नतिजा सार्वजनिकको निर्णय हुने जनाए । बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गर्ने व्यवस्था छ ।

बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्डले मंगलबारदेखि नै नतिजा सार्वजनिक गर्ने तयारी गरे पनि रुजु गर्न समय लागेको थियो ।

आज ५ बजेपछि नतिजा सार्वजनिक हुने सम्भावना रहेको अर्यालले बताए ।