ओखलढुंगा । ओखलढुंगाको सिद्दिचरण नगरपालिका–५ सिस्नेखोला स्थित रुम्जाटार ओखलढुंगामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा ७ जना घाईते भएका छन ।
मृत्यु हुनेमा ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका–३ दियालेकी ३८ बर्षीया कुमारी श्रेष्ठ रहेकि छिन ।
आइतबार (आज) बिहान ओखलढुंगा तर्फ आउदै गरेको प्रदेश १–०२–००१ ज ३८७५ नम्बरको बोलेरो अचानक सडकबाट २५ मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी श्रेष्ठको घटनास्थलमानै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढूङगाले जनाएको छ ।