थप १४ जनालाई कोरोना संक्रमण

न्युजलय १६ बैशाख २०७९, शुक्रबार ०९:२१ मा प्रकाशित

काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १४ जनामा संक्रमण पुष्टि भएको हो। २ हजार ७७१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

१ हजार ७७८ जनाको पिसिआर गर्दा १३ र ९९३ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको हो। 

यस्तै, अहिले देशभर २४३ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ। यस्तै कोरोनाबाट १९ जना निको भएका छन्।