प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

न्युजलय ४ पुस २०७८, आइतबार ०१:०१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ। नेकपा एकीकृत समाजवादीलाई बोलाएकाले आफूहरू सहभागी नहुने एमालेले जनाएको छ।

 

एमालेका प्रमुख सचेतक विशाल भट्टलाई अहिलेसम्म सर्वदलीय बैठक आह्वान सम्बन्धमा पत्र प्राप्त नभएको जानकारी दिए। एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा सहभागी नहुने बताए।


संसदमा जारी अवरोध हटाउन र एमसीसीका विषयमा थप निर्णय गर्न बैठक डाकिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।