आज कोसी प्रदेश सभा बैठक बस्दै

न्युजलय ११ मङ्सिर २०८०, सोमबार ०३:३२ मा प्रकाशित

विराटनगर । कोसी प्रदेश सभाको बैठक सोमबार (आज) बस्दैछ। बैठक बिहान ११ बजे बस्नेछ।

बैठकमा प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक संशोधनसहित दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश हुनेछ।

यस्तै बैठकमा कोशी प्रदेश विनियोजन अध्यादेश २०८० प्रतिस्थापन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीद्वारा जारी सूचनामा उल्लेख छ।