ताप्लेजुङमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु

न्युजलय ६ असोज २०८२, सोमबार ०४:५३ मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।

मेरिङ्देन गाउँपालिका–२ का १३ वर्षीय पेम्बा साङ्बु शेर्पाको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो ।

मृतक शेर्पालाई शरीरका विभिन्न भागमा करिब ४५ वटाभन्दा बढी अरिङ्गालले टोकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यस्तै, सोही ठाउँका १४ वर्षीय पेम्बा शेर्पा घाइते भएका छन् । गुलेलीले कालो अरिङ्गाललाई हानेको र सोही क्रममा अरिङ्गालले टोकेको बताइएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।