केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त

न्युजलय ३१ असार २०८१, सोमबार ०२:१८ मा प्रकाशित

काठमाडौं । केपी शर्मा ओली नेपालको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । 


प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै केपी शर्मा ओलीले सबैलाई धन्यवाद दिएका छन् ।


आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६९२० अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । लगत्तै सामाजिक सञ्जालमा ओलीले लेखेका छन्, ‘सबैमा सम्मान, सबैलाई धन्यवाद ।’


नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारी निवास चपली पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार अपराह्न प्रधानमन्त्री नियुक्त ओली पूर्वराष्ट्रपति भण्डारी भेट्न चपली पुगेका हुन् ।


ओलीले सोमबार राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनेछन् । सोमबारै करिब पूर्ण आकारको क्याबिनेट बनाउने तयारी रहेको एमाले स्रोतले बताएको छ ।