पाँचथरमा अगेनामा जलेर एक जनाको मृत्यु

न्युजलय २३ फाल्गुण २०७८, सोमबार ०२:२४ मा प्रकाशित

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका ८ का ५० वर्षीय मणीकुमार माङमुको आगोले जलेर मृत्यु भएको छ ।

 

स्थानीय लालकुमार तामाङकी छोरीको बिहेको निम्तो मान्न गएका माङमुको गाइको कटेरोमा कुँडो पकाउने अगेनाको आगोमा जलेर आइतबार बिहान मृत्यु भएको हो ।


उनी कसरी अगेनामा पसे भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । उनका अनुसार माङमुको घटनास्थलमै मृत्यु भएको थियो ।


घटनाबारे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले प्रकृति मुचुल्का तयार गरी पाँचथर अस्पतालमा पोष्टमार्टमपछि आफन्तलाई शव बुझाएको जनाएको छ ।