वन मुद्दाका फरार प्रतिवादी उदयपुरका चौधरी पक्राउ

न्युजलय २५ भदौ २०८०, सोमबार ०५:४० मा प्रकाशित

 उदयपुर । वन मुद्दाका फरार प्रतिवादी चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएका ४८ बर्षीय सूर्य नारायण चौधरी पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय उदयपुरको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत आज चौधरीलाई पक्राउ गरी जिल्ला अदालत उदयपुरमा बुझाएको हो । 

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार पक्राउ परेका चौधरीलाई मिति २०७१ साल भदौ २ गतेको फैसलाले वन मुद्दामा १४ हजार १७ रुपैया जरिवाना भएको थियो ।

फरार प्रतिवादी चौधरीलाई खोज तलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय बेल्टारको गस्तीमा रहेको प्रहरी टोलीले घरमै लुकीछिपी रहेको अवस्थामा पक्राउ गरी इलाका प्रहरी कार्यलय बेल्टार ल्याई आवश्यक सोधपूछ र अनुसन्धान पश्चात फैसला कार्यान्वयनका लागी उदयपुर जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।