काठमाडौं । “६८ औं प्रहरी दिवस २०८०” को अवसरमा प्रहरी नारा छनौट प्रतियोगिता हुने भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यलय नक्सालले एक सुचना जारी गरी प्रहरीको कार्य प्रकृतिसँग सम्बन्धित खुल्ला देश व्यापी प्रहरी नारा प्रतियोगितामा सहभागिताको लागि आह्वान गरेको हो ।
सहभागिताको लागि नेपाल प्रहरीको उद्देश्य र कार्य प्रकृतिसँग मेल खाने तथा समुदायमा सकारात्मक प्रभाव पार्ने किसिमको हुनु पर्ने जनाइएको छ । नारा स्वयम्ले रचना गरेको मौलिक हुनुपर्ने साथै नेपाली भाषामा लेखिएको उक्त नारा बढीमा २० शब्दको हुनुपर्ने, स्पष्ट अक्षरमा आकर्षक, सन्देशमूलक र अर्थपूर्ण हुनको साथै नाराको संक्षिप्त व्याख्या समेत गरेको हुनुपर्ने छ ।
सहभागी प्रतियोगीले आफ्नो नामथर, ठेगाना, जन्ममिति, लिङ्ग र सम्पर्क नम्बर स्पष्ट उल्लेख गरी यही असोज २२ गते सम्ममा [email protected] इमेल ठेगानामा नारा मेल गरि सक्नुपर्ने छ । छनोटमा गरिएको उत्कृष्ट नारालाई नोपल प्रहरीको विभिन्न कार्यक्रम/ब्यानर लगायतमा प्रयोग गरिने र छनौटमा पर्न सफल व्यक्तिलाई १५ हजार राशिको नगद पुरस्कार प्रदान गरिने जारी सुचनामा उल्लेख छ ।