ताप्लेजुङका २१ विद्यालयमा नयाँ भवन बन्ने

न्युजलय ६ फाल्गुण २०७८, शुक्रबार ०९:४३ मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङमा २१ जीर्ण सामुदायिक विद्यालयको भवन पक्की बन्ने भएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत विद्यालयका ४ र २ कोठे पक्की भवन बन्न लागेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत पूर्वाधार संरचना निर्माण तथा आईसीटी ल्याब व्यवस्थापन कार्य गर्ने गरी देशभरका विद्यालयलाई छनोट गरेको हो ।

मन्त्रालयको छनोटमा परेकामध्ये भवन संरचना अभाव रहेका ताप्लेजुङका २१ वटा विद्यालयको पक्की भवन बन्ने भएको हो ।