ओखलढुंगा । ओखलढुंगामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
मानेभन्ज्याङ गाउँपालिका–६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा बुधबार (आज) बिहान जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।
दुर्घटनामा सातजना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाको पूर्ण विवरण आउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।