नेप्सेमा २.५७ अंकको गिरावट

न्युजलय २७ मङ्सिर २०७९, मङ्गलबार ०९:२५ मा प्रकाशित

काठमाडौं । सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द भएको छ । 

मंगलबार(आज) २.५७ अंकले घटेको बजार १८९९.७० बिन्दुमा झरेको छ । सोमबार भने बजार बढेको थियो ।

आज कुल २४८ धितोपत्रको १६ हजार ३२० वटा कारोबारबाट २० लाख ५८ हजार ५१० कित्ता सेयर किनबेच हुँदा ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज जलविद्युत, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसूचक हरियो देखिए । अन्य सबै परिसूचक भने राताम्य रहेका छन् । मंगलबार सीवाईसीसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

यसको मूल्य २२६०.२० रुपैयाँ पुगेको छ । सान्जेन जलविद्युत कम्पनी, नबिल ब्यालेन्स्ड फण्ड, माथिल्लो तामाकोशी लगायतको सेयर मूल्य धेरैले बढेको छ ।

मंगलबार तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।