नेप्से परिसूचक ३९ अंकले घट्यो

न्युजलय २३ कार्तिक २०७९, बुधबार ०९:१५ मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९.१५ अंकले घटेको छ । पछिल्ला केही दिन बढेको सेयर बजारबाट लगानीकर्ताले अल्पकालीन नाफा बुक गर्दा बुधबार परिसूचक ओरालो लागेको हो ।

बुधबार लगानीकर्ता १० रुपैयाँभन्दा कम मूल्य भएका सामूहिक लगानी कोष किन्न आकर्षित देखिए ।

३९ अंकले परिसूचक ओरालो लाग्दा आज एक अर्ब ४० करोड रुपैयाँको कारोबार बजारमा भएको छ । २२३ कम्पनीका ३६ लाख ९७ हजार ७२३ कित्ता सेयर किनबेच भएको छ ।

बुधबार सबैभन्दा बढी अपरहेवाखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।