कतारी राजकुमारीले गरिन् सगरमाथाको सफल आरोहण

न्युजलय १७ जेठ २०७९, मङ्गलबार ०७:४० मा प्रकाशित

काठमाडौं। कतारकी राजकुमारी आश्मा विन्त थानी अल–थानी सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला भएकी छन्। 

कतार ओलम्पिक कमिटीले राजकुमारी आश्माले सगरमाथाको सफल आरोहरण गरेको पुष्टि गरेको छ।

यसअघि कतारकी राजकुमारीले विश्वकै तेस्रो ठूलो शिखर कंचनजंगाको पनि सफल आरोहण गरेकी थिइन्। उनले सगरमाथाको उत्तर र दक्षिण दुवैतर्फबाट सफल आरोहरण गरेकी छन्।

कतारी राजकुमारीले यसअघि विश्वका धेरै जस्तो अग्ला हिमालको सफल आरोहण गरेकी छन्।