९५ अङ्कले बढ्यो नेप्से

न्युजलय ११ बैशाख २०७९, आइतबार ०९:१७ मा प्रकाशित

काठमाण्डौ । शेयर बजार आइतवार(आज) उच्च अङ्कले बढेको छ । 

शेयर बजार परिसूचक नेप्से आज ९५ दशमलव ४६ अङ्कले बढेर दुई हजार चार सय २० दशमलव ९१ विन्दुमा पुगेको छ । 

सबै समूहको शेयर बढेको दिन बीमा, जलविद्युत्, फाइनान्स, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । 

आज कारोबार रकममा पनि सुधार आएको छ । दुई सय ३८ वटा कम्पनीका ६६ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब ५३ करोड १२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सानिमा बैंकको प्रमोटर शेयर २२ करोड रुपैयाँमा किनबेच भयो ।