नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

न्युजलय २८ भदौ २०८०, बिहिबार १२:४१ मा प्रकाशित

काठमाडौं । संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा ९एमाले०का उपाध्यक्ष सुवास नेम्वाङको बिहिबार (आज) अन्त्येष्टि गरिँदै छ । आज बिहान ११ बजे पशुपति आर्यघाटमा अत्येष्टि गरिन लागेको हो ।

सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्येष्टि गर्ने निर्णय गरेको छ भने आज सार्वजनिक बिदा पनि दिएको छ ।

यसअघि, हिजो बुधबार उनका दुवै छोरा नेपाल आएरपछि एमाले पार्टी कार्यालय च्यासलमा रहेको नेम्वाङको पार्थिव शरीर निजी निवास बालुवाटार लगिएको थियो ।