पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै अनेरास्ववियुद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

न्युजलय ७ माघ २०७८, शुक्रबार ०२:०८ मा प्रकाशित

काठमाडौं । पेट्रोलियम पदार्थको भाउ बढाएको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको छ ।

 

शंकरदेव क्याम्पसअगाडि अनेरास्ववियुका विद्यार्थी भेला भएर प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । विरोधको क्रममा प्रदर्शनकारीले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।


प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले बलसमेत प्रयोग गरेको छ ।