काठमाण्डौ । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज फेरि नेपालगञ्ज नै फर्किएको छ । उडेको केहीबेरमै इन्जिनमा समस्या देखिएपछि जहाज फेरि नेपालगञ्ज नै फर्किएको हो ।
बिहीबार(आज) बिहान ९ बजेर ४९ मिनेटमा ७९ यात्रु र ४ जना चालक दलका सदस्यसहित उडेको जहाज पाँच मिनेट नपुग्दै फेरि नेपालगञ्ज फर्किएको श्री एयरलाइन्सको नेपालगञ्ज कार्यालयले जनाएको छ ।
जहाजमा भएका सबै यात्रुलाई सकुशल रहेको बताइएको छ । अहिले प्राविधिकले जहाजमा समस्याको बारेमा अध्ययन गरिरहेका छन् ।