प्याब्सन सुनसरीको अध्यक्षमा थानेश्वर ढकाल निर्विरोध

न्युजलय ११ पुस २०८१, बिहिबार ०६:२० मा प्रकाशित

इटहरी । थानेश्वर ढकाल प्याब्सन सुनसरीको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । 


इटहरीस्थित मकालु इङ्लिस बोर्डिङ स्कुलका संस्थापक तथा प्रिन्सिपल ढकाल प्याब्सन सुनसरीको १६ औ जिल्ला अधिबेशनबाट निर्वाचित भएका हुन् । ढकाल कार्यवाहक अध्याक्ष थिए । प्याब्सन सुनसरीका अध्यक्ष अनुप योञ्जन तामाङको निधन भएपछि ढकालले नेतृत्व सम्हालेका थिए ।


नयाँ बनेको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश कार्की, उपाध्यक्षमा विजय राई र गणेश भण्डारी, सचिवमा दीपक कार्की र कोषाध्यक्ष गोपाल निरौला निर्वाचित भएका छन् । प्याब्सनमा अहिले ३५० भन्दा बढी विद्यालयहरु आबद्ध छन् । 


अधिवेशनको खुला सत्रमा योन्जनको परिवारलाई सम्मान गरिएको थियो । प्याब्सन केन्द्रिय अध्यक्ष डीके ढुंगानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्याब्सनका पुर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी, शिक्षा विकास तथा समन्वय इकाई इटहरी प्रमुख खगेन्द्र सुवेदीलगायत प्याब्सनका केन्द्र, प्रदेश कमिटिका प्रतिनिधिसहित सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।