इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४०१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । ६२० जनाको पीसीआर परीक्षण गर्दा २१६ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८२, सुनसरीमा ६०, झापामा ४०, उदयपुरमा ८, धनकुटामा ३, इलाम र पाँचथरमा २–२, सङ्खुवासभामा १ र प्रदेश १ बाहिरका १८ जनामा सङ्क्रमण देखिएको हो।
प्रदेश १ मा आज ४५५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २१३ महिला र २४२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।