काठमाडौँ । पछिल्लो २४ घण्टामा १० हजार २५४ जना कोरोना संक्रमित थपिएका छन् । एन्टिजेन र पीसीआर गरी २० हजार १८७ परीक्षण हुँदा १० हजार २५४ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । देशभरको विवरणअनुसार २४ घण्टाको अवधिमा १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको हो ।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ ।
यस्तै निको हुनेको संख्या भने ७०८ रहेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ । कोरोनाको ओमिक्रोन भेरिएन्ट नेपालमा फैलिएसँगै एकै दिन मृत्यु हुनेको संख्या यो सबैभन्दा धेरै हो । शुक्रबार दिनभर कोरोनाका कारण ४ जनाको मृत्यु भएको थियो ।