पाख्रीबासका प्रमुख प्रशासकीय अधिकृत पौडेललाई उत्कृष्ट निजामति सेवा पुरस्कार

न्युजलय २२ भदौ २०७९, बुधबार ०८:२३ मा प्रकाशित

धनकुटा । पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज पौडेलले उत्कृष्ट निजामति सेवा पुरस्कार पाएका छन् । 

यसवर्ष उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने स्थानीय तहका कर्मचारीमा पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलमात्र बन्न सफल भएका हुन् ।  

नेपाल सरकारले आज परेको निजामति कर्मचारि दिवसको अवसरमा उक्त पुरस्कार प्रदान गरेको हो । 

मन्त्रिपरिषदले १९औं निजामति कर्मचारी दिवसको अवसरमा २१ गते ३० जना कर्मचारीलाई निजामति सेवा पुरस्कार दिने निर्णय गरेको थियो ।