काठमाडौँ । नेप्से परिसूचक आज झिनो अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव १३ अङ्कले ओरालो लागेर दुई हजार छ सय दशमलव ६८ मा पुगेको छ ।
आज विभिन्न कम्पनीका एक करोड छ लाख ६० हजार ५३७ कित्ता सेयर छ अर्ब ८६ करोड सात लाख १८ हजार ६५८ मूल्यमा खरिदबिक्री भएको छ ।