आज पहाडी भू-भागमा वर्षाको सम्भावना

न्युजलय १८ फाल्गुण २०७८, बुधबार ०१:१४ मा प्रकाशित

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश–१, बागमती र गण्डकीका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

 

त्यस्तै, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन पनि गरिएको छ ।


राति प्रदेश–१, कर्णाली प्रदेश र गण्डकीका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 


बिहीबार पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।