विराटनगर । झापाको बिर्तामोड नगरपालिका–४ स्थित भद्रपुर रोडको एक फर्निचर कारखानामा बुधबार आगलागी हुँदा पाँच घरमा क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर रोडमा रहेको देवी उडन फर्निचर उद्योगबाट आगलागी सुरु भएको हो। आगोका कारण ४–५ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ। बिजुली सर्ट भएको आगलागि भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
चार वटा दमकल, प्रहरी, सशस्त्र र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको र घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।