कटारीबाट भरूवा बन्दुकसहित एक जना पक्राउ

न्युजलय १८ पुस २०८२, शुक्रबार ०६:४६ मा प्रकाशित

उदयपुर । उदयपुरको कटारी–६ आपटारबाट भरूवा बन्दुक १ थानसहित लामीदुवालीका कृष्णबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित बिहीबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।