जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर सालेवाका एक व्यक्ति पक्राउ

न्युजलय ८ कार्तिक २०८०, बुधबार ११:३४ मा प्रकाशित

भोजपुर । भोजपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । 


किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा साल्पासिलिछो गाउँपालिका ६ सालेवा बस्ने ५० वर्षीय कमल दर्जीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । 


कमलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।