काठमाडौँ । आइतबार(आज) सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।
आज नेप्से परिसूचक ४१.४३ अंकले घटेर २५७२.२३ बिन्दुमा ओर्लिएको छ । यस दिन ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४ सय १५ रुपैयाँमा ८९ लाख २३ हजार १४ कित्ता सेयर किनबेच भएको छ ।
यस दिन १ सय ६६ कम्पनीको सेयर मूल्य घटेको छ भने २५ कम्पनीको सेयर मुल्य बढेको छ । जीवन विकास लघुवित्त, इमर्जिङ नेपाल लिमिटेड, राष्ट्र उत्थान लघुवित्त, सानिमा जनरल इस्योरेन्स जस्ता कम्पनीको सेयर मूल्य बढेको छ ।
मल्टिपर्पस फाइनान्स कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त जस्ता कम्पनीको सेयर मूल्य घटेका छन् । यस दिन निर्जीवन बीमा कम्पनीबाहेक सम्पूर्ण समूहगत सूचकहरु राताम्ये भएका छन् ।