मुख्यमन्त्री राईले मागे विश्वासको मत

न्युजलय ३१ कार्तिक २०७८, बुधबार ०७:०५ मा प्रकाशित

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत दिन प्रदेश सभा सदस्यहरुलाई आग्रह गरेका छन् । विश्वासको मत माग्दै उनले प्रतिपक्षी दलकाहरूको साथ सहयोग आवश्यक रहेको बताए । 

उनले कानून बनाउने तथा प्रदेशको विकासमा हातेमालो गर्न पनि आफू तयार रहेको बताए ।

अघिल्लो सरकारले संविधानको रक्षा गर्न नसक्ने भएकाले समर्थन गर्न नसिकएको बताउँदै उनले यो सरकारले संविधानको रक्षा गर्ने भएकोले विश्वासको मत दिन आग्रह गरे ।