किरात याक्थुङ चुम्लुङ परिसरमा सामुदायिक भवन शिलान्यास

न्युजलय २४ चैत २०७८, बिहिबार ०१:४० मा प्रकाशित

इटहरी । इटहरी ४ स्थित किरात याक्थुङ चुम्लुङ परिसरमा  सामुदायिक भवन शिलान्यास गरिएको छ । 


शिलान्यास कार्यक्रममा प्रदेश सभा सांसद सर्वध्वज सावा, नेकपा एमालेका नेता यम सुब्बा, ध्रुव सुब्बा लगायतको उपस्थिति रहेको थियो । 


भवन निर्माणका लागि विभिन्न व्यक्तिहरुबाट सहयोग संकलन गरिने क्रममा धन कुमारी लिम्बुले दस लाख रुपैयाँ सहयोग गरिन् । उक्त भवनमा सुविधा सम्पन्न सेमिनार हल, लिम्बु जन्य ऐतिहासिक संग्रहालय आदि रहनेछ ।

 

भवन १ करोड पचास लाखको लागतमा बन्न लागेको हो ।