बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालबाट रुक्साना कपाली

न्युजलय ५ मङ्सिर २०८०, मङ्गलबार ०६:१७ मा प्रकाशित

काठमाडौं । बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा नेपालकी रुक्साना कपाली पनि परेकी छिन् ।

ट्रान्सजेन्डर मानव अधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्दै आएकी छिन् ।  कानूनकी विद्यार्थी उनले हाल नेपालमा एलजीबीटीप्लस समूको लागि कानूनी र संवैधानिक अधिकार स्थापित गर्न सक्रियता जनाउँदै आएकी हुन् ।

बीबीसी सूचीमा पर्ने उनी एकमात्र नेपाली हुन्।

१०० प्रभावशाली महिलाको सूचीमा अमेरिकाकी भूतपूर्व प्रथम महिला मिसेल ओबामा, ब्यालन डि’ओर जित्ने फुटबलर आइताना बोनमाटीलगायत छन् ।