रामधुनीमा एक महिलामाथि सामूहिक रूपमा निर्घात कुटपिट

न्युजलय १३ भदौ २०८०, बुधबार ०५:२० मा प्रकाशित

इटहरी । सुनसरीमा एक महिलामाथि निर्घात कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको छ। 

रामधुनी नगरपालिका–८ स्थित पौडेल चौकमा एक महिलामाथि सामूहिक रूपमा निर्घात कुटपिट भएको हो । 

स्थानीय सन्तोष साह र उनको परिवार मिलेर यादव समुदायकी एक महिलामाथि कुटपिट गरेको स्थानीयले बताएका छन् । घटना मङ्गलवार दिउँसो भएको स्थानीयको भनाई  छ।   

पीडित महिलालाई घरमा एक्लै भएको बेलामा घरभित्रै कुटपिट गरेर बाहिर ल्याएर समेत कुटपिट गर्न थालेपछि छिमेकीले भिडियो खिचेको भिडियोमा देखिन्छ   ।  कुटपिटमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।