नेप्से परिसूचक ४४ अंकले घट्यो

न्युजलय १० साउन २०७९, मङ्गलबार ०९:२९ मा प्रकाशित

काठमाडौं । नेप्से परिसूचक आज ४४ अंकले घटेको छ ।

आइतबार नेप्सेमा ६१ अंकको र सोमबार ५४ अंकको सुधार आएको थियो । यससँगै, २१ सय ३२ अंकमा पुगेको नेप्से परिसूचक घटेर २ हजार ८८ अंकमा आइपुगेको छ । मौद्रिक नीति सार्वजनिक भएपछिको तेस्रो दिनमा आज नेप्से २.१० प्रतिशतले घटेको हो ।

यसक्रममा आज नेप्सेमा ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार रुपैयाँ बराबरको ८७ लाख ४० हजार कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा कारोबार भएका सबै समूहमा गिरावट आएको छ । 

यसका साथै, लघुवित्त समूहमा ११० अंकको गिरावट आएको छ भने उत्पादनमूलक समूहमा ९४ अंकको गिरावट आएको छ ।