देशभर आज थप १ हजार ५ सय ७० जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

न्युजलय २५ माघ २०७८, मङ्गलबार १२:२७ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ६ हजार १ सय ४६ जना निको भएका छन् ।

 

संक्रमितमध्ये हालसम्म ९ लाख १५ हजार ४८९ जना निको भएका छन् ।


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृतकको कुल संख्या ११ हजार ८२७ जना पुगेको छ ।


हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार १ सय ११ रहेको छ ।