यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय १८ जेठ २०७९, बुधबार ०१:५६ मा प्रकाशित

काठमाडौँ । स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले देशभरको मौसममा बदली भएको छ।


आज (बुधबार) देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ।


महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।