काठमाण्डौ । धनगढी–१२ की ३५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीले जानकारी दिएको छ ।
डेंगु सक्रमित महिलाको निसर्ग अस्पतालमा उपचारको क्रममा १४ गते मृत्यु भएको थियो। यद्यपी स्वास्थ्य कार्यालयलाई यसको जानकारी भने बुधबार मात्रै आएको थियो।
अस्पतालले डेंगु भएको पुष्टि गरेको छ । ती महिला ज्वरो आएपछि भदौ ८ गते सेती प्रादेशिक अस्पतालमा उपचारका लागि गएकी थिइन्। त्यहाँ डेंगु परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। त्यसपछि ती संक्रमित धनगढीकै नोभा अस्पिटलमा उपचारका लागि गइन्।
त्यहाँ पनि उनको स्वास्थ्यमा सुधार नआएपछि आईसीयू र भेन्टिलेटरको आवश्यकता पर्ने देखेपछि चिकित्सकहरुले उनाई निसर्ग हस्पिटल रेफर गरेका थिए।
१० गते निसर्ग अस्पतालमा भर्ना भएकी महिलाको उपचारकै क्रममा १४ गते मृत्यु भएको थियो।
पछिल्लो समय कैलालीमा डेंगु रोगको प्रकोप बढेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।