लेटाङमा गाडिएको अवस्थामा १२ वर्षीया बालिकाको शव फेला

न्युजलय १३ फाल्गुण २०७८, शुक्रबार ०६:११ मा प्रकाशित

विराटनगर । मोरङको लेटाङ– ८ लालहिरा सामुदायिक वनमा गाडेको अवस्थामा एक बालिकाको शव फेला परेको छ ।

बुधवारदेखि हराएकी लेटाङ–८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव खाल्डो भित्र वस्त्रविहीन अवस्थामा भेटिएको मोरङ प्रहरी ले जनाएको छ । 

प्रहरीले शव उत्खनन गर्दै पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरिरहेको छ । 

विद्यालयबाट घर फर्किने क्रममा बुधवार दिउँसोदेखि बालिका बेपत्ता भएकी थिइन् । बालिका जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत रहेको मोरङ प्रहरीले जनाएको छ । 

बालिका मृत भेटिएपछि दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।