सेयर बजारमा सामान्य सुधार

न्युजलय ३० असार २०८३, मङ्गलबार ०३:२० मा प्रकाशित

काठमाडौँ । नेप्से परिसूचक सामान्य बढेर बन्द भएको छ । आज सेयर बजार परिसूचक ६.११ अंकले बढेर बन्द भएको हो ।

अघिल्लो दिन १ प्रतिशतभन्दा बढीले घटेको नेप्से परिसूचक आज २५७६.२९ विन्दुमा पुगेको छ छ । आज सेयर बजारमा १६४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ कम्पनीको सेयर मूल्य घटेको छ । आज १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।   

आज सेयर बजारमा ३८३ कम्पनीका १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर ५३ हजार ८५४ पटक खरिद बिक्री हुँदा ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार ४२५ रुपैयाँ बराबरको कारोबार भएको छ ।