काठमाडौं । एक भारतीय इ कमर्स कम्पनिले आफ्नो ९० प्रतिशत कर्मचारी निकालेको छ । भारतको ब्याङ्लोरस्थित दुकान नामको ई कमर्स कम्पनीले आफ्नो सिस्टममा एआई च्याटबट इन्ट्रिगेट गरेपछि कस्टमर केयर सपोर्ट टिम हटाएको हो ।
कम्पनीका सीईओ सुमित शाहले च्याटबटले गर्दा कस्टमर सपोर्टको काम पनि प्रभावकारी भएको र खर्च पनि ८५ प्रतिशतले घटेको भन्दै कर्मचारी कटौती गरेको जानकारी दिएका छन् ।
सो कम्पनीमा यसअघि ग्राहकले कुनै पनि जिज्ञासा राख्दा त्यसको समाधान गर्न औसतमा दुई घण्टा १३ मिनेट लाग्थ्यो । एआई च्याटबटका कारण ग्राहकको जिज्ञासा र समस्याको समाधान औसतमा तीन मिनेट १२ सेकेन्डमै हुने गरेको शाहको भनाइ छ ।
२३ जना कर्मचारी निकालेको उनले बताएका छन् । उनले कम्पनीमा सेल्स, मार्केटिङ, इन्जिनियरिङ लगायतका पदका लागि भने जागिर खुलाएका छन् ।