काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
त्यस्तै, आज दुई सय जनामा संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ३ सय ८१ पिसिआर परिक्षणका क्रममा ९२ जना र २ हजार १ सय ५६ एन्टीजेन परिक्षणका क्रममा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा २ हजार ६ सय ४२ सक्रिय संक्रमित आइशोलेनमा रहेको मन्त्रालयले जनाएको छ ।