मौसममा आंशिक बदली, हल्का देखि मध्यम वर्षाको सम्भावना

न्युजलय २ भदौ २०८०, शनिवार ०१:४३ मा प्रकाशित

काठमाडौं। शनिबार(आज) देशभर आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू–भागको केही स्थानहरूमा र बाँकी भू(भागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।