सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सुरू

न्युजलय ३२ बैशाख २०८१, मङ्गलबार ०६:०६ मा प्रकाशित

 काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस सुरू भएको छ । दुई नम्बर इजलासमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले सुनवाइ थालेका हुन् ।

सन्दीपको मुद्दालाई अग्राधिकार दिएर एक नम्बर पालोमा राखिएको थियो । आज सुरूमा सरकारी वकिलहरुले बहस गरिरहेका छन् । त्यसपछि सन्दीपका वकिलहरूले बहसमा भाग लिने छन् ।